September 15, 2017

एआइएनको प्रेस विज्ञप्ति

अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको सन्जाल एआइएनसंग आवद्द विभिन्न संस्थाहरुले हालै नेपालका पूर्वी क्षेत्रमा बाढी पिडितहरुलाई राहत पुर्याउने उदेश्यले उनीहरुको आपतकालिन तथा दिर्घकालिन आवश्यकता पुरा गर्न भूमिका निर्वाह गरिरहेको सन्धर्भमा

अविरल वर्षाले निम्त्याएको बाढी तथा पहिरोका कारण पूर्वी  नेपालमा १४७ जनाको मृत्यु हुनुका साथै झण्डै ४ लाख ६२ हजार मानिस घरवार विहिन भएका छन् । कतिपय पिडितहरु अझै पनि आश्रयको अभावमा बाच्न बाध्य छन् भने दूषित वातावरण, पिउने पानी र खानाको कारण उनीहरुमा विभिन्न सरुवा रोगहरुको खतरा पनि उत्तिकै बढिरहेको छ । बाढी पिडितहरुको राहत तथा पुनस्थापनाको लागी भईरहेको सरकारी प्रयासको साथै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु र निजि स्तरबाट पनि पिडितहरुको अत्यावस्यक आवश्यकता परिपूर्तिको लागि प्रभावकारी सहयोग हुँदै आएको छ ।

यसै सन्धर्भमा, अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको सन्जाल एआइएनसंग आवद्द विभिन्न संस्थाहरुले पिडितहरुको आपतकालिन तथा दिर्घकालिन आवश्यकता पुरा गर्न गहन भूमिका निर्वाह गरिरहेको सहर्श जानकारी गराउन चाहन्छौं । पिडितहरुलाई खाध्य सामग्रीहरु तथा पाल, लत्ताकपडा, कम्बल लगायत आश्रयका सामग्री र स्वच्छता सम्बन्धि सामग्र्रीहरु पनि यी संस्थाहरुले लगातार वितरण गर्दै आएका छन् । अहिले जम्मा २१ वटा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु बाढी पिडितहरुलाई राहत वितरण कार्यमा संलग्न छन्, जसबाट हालसम्म १८ बटा बाढी प्रभावित जिल्लाका करिब २६ हजार पिडित घरपरिवारहरु प्रत्यक्ष रुपमा लाभान्बित भएका छन् । करिब ८ हजार थप पिडित घरपरिबारहरु माझ सकेसम्म चांडो राहत पुर्याउने लक्ष्य यी अन्तराष्ट्रिय संस्थाहरुको रहेको छ ।

सन् १९९६ मा स्थापित एआइएन आफ्ना १४५ सदस्य आइएनजिओहरु मार्फत् देशमा मानविय हित तथा सामाजिक विकासको क्षेत्रमा सक्रिय रहंदै आएको छ । आफ्नो प्रारम्भदेखि नै हामी आफ्ना सदस्यहरुबीच सूचना आदानप्रदान एवम् सिकाइ तथा अनुभवहरु साटासाट गर्दै जनहितमा आधारित विकासको पक्षमा हामीले वकालत तथा अभ्यास गर्दै आएका छौं । आफ्ना सदस्य आइएनजिओहरु बिचका राम्रा अभ्यासहरु र अनुभवहरु साटासाट गर्न मदत गर्नुका साथै उनीहरुको कामहरुको पारदर्शिता कायम गर्दै उनीहरुलाई विकास निमांण तथा मानवीय क्षेत्रमा थप योगदान गर्न हौसला प्रदान गर्नु हाम्रो उदेश्य रहंदै आएको छ । नेपालको परिवर्तित सन्दर्भ र आवश्यकताका आधारमा हामीले सरकार लगायत विकासका साझेदारहरुबिच समन्वय कायम गरी महिला, बालबालिका, बृद्धबृद्धा, अपागंता भएका व्यक्ती तथा सीमान्तकृत समुदायहरुको प्राथमिकता र उनीहरुकै सहभागितामा स्थानीयस्तरदेखि राष्टिृयस्तरसम्म मानवीय विकासका गतिविधिहरुमा जोड दिंदै आएका छौं ।

बाढी पिडितहरुलाई सहयोगको अलावा पछिल्लो समयमा एआईएनको पहल र अन्तरास्ट्रिय गैरसरकारी संस्थाहरुको संलग्नतामा नेपालमा भुकम्पपछिको पुननिर्माण तथा पिडितहरुको पुनस्थापना सम्बन्धि पनि थुप्रै कामहरु हुंदै आएका छन् ।

Events View all

Transparency/Accountability

AIN Appeal for Nepal's Reconstruction

Association of International NGOs in Nepal/AIN C/O Save the Children Airport Gate Area Sambhu Marga

lucky@ain.org.np, reshma@ain.org.np

+977-1- 4468128

+977-1- 4468129

Fax: 4468132